मिति २०७९/५/२७ गते देखी ०७९/०५/३० गते सम्म यस विद्यालयको आयोजनामा विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीहरुका लागि ४ दिने "पेशागत सीप विकास तालिम" आज सम्पन्न भयो।
तालिममा प्रशिक्षकद्वय यस विद्यालयका प्र.अ.श्री जितेन्द्र राज वली र ने.रा.नमूना मा.वि. बडाखोलीका प्र.अ. श्री ढाल बहादुर खत्रीले सहजीकरण गर्नुभएको थियो।
३० जना सहभागी रहेको उक्त तालिमको उद्घाटन सत्र शिक्षा, युवा तथा खेलकुद शाखा, भेरीगंगा न.पा.का शाखा प्रमुख श्री गजेन्द्र कुमार जि.सी.ज्यूको प्रमुख आतिथ्यता र प्र.अ. श्री जितेन्द्र राज वली अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम यसै बिद्यालयका कर्मचारी श्री दिपेन्द्र कुमार डांगी जिले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको समापन स.प्र.अ. श्री दिपेन्द्र लम्साल जि गर्नु भएको थियो ।
Tags:
सूचना तथा


